सेयर ब्रोकर कार्यालयमा ३ जनाभन्दा कर्मचारी खटाउन नपाइने, साना लगानीकर्ताको पैसा छिटो दिन निर्देशन



काठमाडौं । धितोपत्र बोर्डले सेयर ब्रोकर कार्यालयमा सिस्टम चलाउनको लागि ३ जना मात्र कर्मचारी खटाउन निर्देशन दिएको छ ।

अन्य कर्मचारीलाई वर्क फर्म होमबाट काम लगाउन समेत बोर्डले निर्देशन दिएको छ । लगानीकर्ताको गुनासो सम्बोधनको लागि कर्मचारीहरुको थप मोबाइल नम्बर दिने लगायतका काम गर्न बोर्डले निर्देशन दिएको हो ।

यस्तै बोर्डले साना लगानीकर्ताले बेचेको सेयर रकम छिटो दिन तथा उनीहरुलाई दैनिक घर खर्च तथा उपचारको लागि सेयर बेचेमा सकेसम्म छिटो पैसा दिन बोर्डले भनेको छ ।

बोर्डले ब्रोकर कार्यालयका कर्मचारीमा लक्षण देखिएमा पिसिआर गराउन तथा कोरोना भाइरस नियन्त्रणका लागि अपनाइने नियम अनिवार्य कडाईका साथ कार्यानवयन गर्न मसेत निर्देशन दिएको छ ।


क्लिकमान्डु