नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५० करोड बढी, बीमा शुल्क संकलन करिब २५ अर्ब



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नाफा बढाएर ५० करोड रुपैयाँभन्दा बढी पुर्याएको छ ।

कम्पनीले प्रकाशित गरेको चालु आवको ९ महिनाको वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्म खुद नाफा ५० करोड ६६ लाख रुपैयाँ कमाएको छ । जबकी कम्पनीले गत आवको सोही अवधिसम्ममा ४६ करोड ५० लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीले यस अवधिमा बीमा शुल्क संकलन बढाएर करिब २५ अर्ब रुपैयाँ पुर्याएको छ । कम्पनीले समीक्षा अवधिमा २४ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आवको सोही अवधिमा बीमा शुल्क संकलन १८ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको थियो ।

कम्पनीले यस अवधिमा अभिकर्ता कमिशनवापत २ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ भने कम्पनीले यस अवधिमा १ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीले यस अवधिमा लगानी कर्जा तथा अन्यबाट ५३ करोड ७७ लाख रुपैयाँ आय गरेको छ भने जीवन बीमा कोष १ खर्ब ७ अर्ब ६१ करोड रुपैयाँ संलकन गरेको छ । कम्पनीको महाविपत्ती कोषमा ५९ करोड ८९ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९.३८ छ भने प्रतिसेयर नेटवर्थ १२३.९२ र पीइ अनुपात २२५.०९ छ ।


क्लिकमान्डु