काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म, के गर्न पाइन्छ के पाइन्न ?



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म लागू हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप गरेको हो ।

कार्यालयका अनुसार अब विवाह व्रतबन्धको हकमा बढीमा १० जनासम्म स्वास्थ्य मापदण्डको पालना गरी मात्रै सञ्चालन गर्न पाइनेछ भने होटल तथा पार्टी प्यालेस प्रयोग गर्न पाइने छैन । विवाह वा ब्रतबन्धको हकमा २ वटा सवारी साधन प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्न पाइने छ ।

निर्माण सामग्री ढुवानी राति १० बजेदेखि विहान ४ बजेसम्म मात्रै आवतजावत गर्न पाइनेछ ।

त्यसैगरी अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर विहान १० बजेसम्म खुला गर्ने र तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री वितरण गर्न पाइने छैन ।


क्लिकमान्डु