टेकु अस्पतालमा पीसीआर परीक्षण स्थगित
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोना भाइरसको पीसीआर परीक्षण स्थगित गरेको छ ।
अस्पतालले विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण बन्द गरेको जानकारी दिएको छ ।
निषेधाज्ञाको समयमा पनि कोरोना भाइरससँग मिल्ने लक्ष्ण अध्यधिकमा देखिन थालेपछि अस्पतालमा पीसीआर परीक्षण गर्नेको भिड लागेको थियो ।