फिलिपिन्समा हालसम्मकै ठूलो आईपीओ जारी गरेर नुडल किङ ‘बेट्टी आङ’ बन्दैछिन डलर अर्बपति



काठमाडौं । फिलिपिन्सको सबैभन्दा ठूलो मध्येको एक खाद्य उत्पादक कम्पनी मोन्डी नेसिन कर्पले त्यहाँ हालसम्मकै ठूलो प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

‘नुडल्स टाइकुन’का रुपमा ख्याती कमाएकी यस कम्पनीकी मालिक बेट्टी आङ कम्पनीको आईपीओ जारी भएसँगै फिलिपिन्सको नयाँ अर्बपतिका रुपमा उदाउने छन् ।

मोन्डि नेसिन कर्पले तयारी चाउचाउ, बिस्कुट, चिप्सलगायत खाद्य सामग्री उत्पादन गर्दै आएको छ । उक्त कम्पनीले फिलिपिन्सको इतिहासमा हालसम्मकै ठूलो ६३ अर्ब पेसो अर्थात् १ अर्ब ३० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर १७.५० पेसोमा आईपीओ जारी गर्नेछ । आईपीओ जारी गरेपछि उत्पादन झन्डै दोब्बर हुने अनुमान गरिएको छ ।

चार दशक पुरानो कम्पनीले गतवर्ष १ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार गरेको थियो । यो कम्पनीबाट उत्पादित ‘लक्कि मी’ तयारी चाउचाउ र ‘स्काई फ्लेक्स क्राकर’ चर्चित ब्रान्ड हुन् भने कम्पनीले विश्वका ५० बढी देशमा आफ्नो व्यापार बिस्तार गरिसकेको छ ।

फोर्ब्स पत्रिकाका अनुसार बेट्टी आङ फिलिपिन्सका धनाड्यहरुको सूचीमा ३८औं नम्बरमा छिन् । उक्त कम्पनीले ४ वर्षअघि २०१६ मा इन्डोनेसियाको सबैभन्दा ठूलो पाउरोटी उत्पादक कम्पनी निप्पोन इन्डोसरीसँग उक्त कम्पनीले फिलिपिन्समा सेवा दिने गरी सम्झौता गरेको थियो ।


क्लिकमान्डु