९ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे २३ अर्ब बढी बीमा शुल्क, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् ।

हाल निर्जीवन बीमा व्यवसाय गर्न २० वटा कम्पनीहरु सञ्चालनमा छन् । यी कम्पनीहरुले ०७७ असार मसान्तयता ०७७ चैतमसान्तसम्म २३ अर्ब २ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा समतिले जनाएको छ ।

समितिद्वारा प्राप्त तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको तथ्यांक भने समावेश गरिएको छैन ।

सो अवधिमा १९ वटा निर्जीवन बीमा कम्पनीहरुले अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि तथा बाली, इञ्जिनियरिङ, कोरोना र अन्य विविध बीमा लेख बिक्री उक्त परिमाणमा बीमा शुल्क संकलन गरेका ।

जसमध्ये १० वटा कम्पनीले १ अर्ब रुपैयाँदेखि २ अर्ब ९६ करोड रुपैयाँसम्म, ९ वटा कम्पनीले ४६ करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म कुल बीमा शुल्क संकलन गरेका छन् ।

चालु आवको ९ महिनामा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले र सबैभन्दा थोरै सानिमा जनरल इन्स्योरेन्सले कुल बीमा शुल्क संकलन गरेका छन् ।

चैत महिनासम्म शिखर इन्स्योरेन्सले २ अर्ब ९६ करोड रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ९९ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ९५ करोड रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

साथै, सो अवधिमा एनएलजीले १ अर्ब ६९ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ३९ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ र आइएमई जनरल इस्योरेन्सले १ अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

यसैगरी, सो अवधिमा प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६ करोड रुपैयाँ, लुम्बिनी इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ९९ करोड रुपैयाँ र नेपाल इन्स्योरेन्सले ९६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

यसैगरी, सो अवधिमा हिमालयन जनरलले ९१ करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ८३ अर्ब रुपैयाँ, दि–ओरियन्टल इस्योरेन्सले ८१ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ७८ करोड रुपैयाँ, नेशलन इन्स्योरेन्सले ६७ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ५२ करोड रुपैयाँ र सानिमा जनरलले ४६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा जनरल इन्स्योरेन्सले ४७ करोड रुपैयाँ र सानिमा जनरलले ३९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु