सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो
काठमाडौं । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार ४ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएको थियो भने आइतबार ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ थियो भने आइतबार १० रुपैयाँ घटेर १३ सय १० रुपैयाँ मूल्य कायम भएको छ ।