सिटिजन्स बैंकको नाफा ४१.६१ प्रतिशतले बढ्यो
काठमाडौं । सिटिजन्स बैंकले चालु आवको तेस्रो त्रैमाससम्म नाफा ४१.६१ प्रतिशतले बढाएको छ ।
बैंकले मंगलबार सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ । जबकी बैंकलेगत आवको सोही अवधिमा १ अर्ब ९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकलो यस अवधिमा निक्षेप संकलन ३९.७८ प्रतिशतले बढाएर १ खर्ब २९ अर्ब पुर्याएको छ । त्यसैगरी कर्जा प्रवाह गत आवको सोहीअवधिको तुलनामा ४०.१२ प्रतिशतले बढाएर १ खर्ब १४ अर्ब पुर्याएको छ ।
गत आवको समीक्षा अवधिको तुलनामा इपीएसमा पनि सुधार देखिएको छ । गव आवको तेस्रो त्रैमासमा १६.८७ इपीएस रहेकोमा चालुआवको सोही अवधिमा इपीएस बढेर २०.७२ पुगेको छ ।
बैंकले हालै लुम्बिनी प्रदेशको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको छ भने प्रदेश नम्बर १ मा रहेको सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने तयारीमा छ ।