बैंक तथा वित्तीय संस्थालाई कर्मचारीलाई वर्क फ्रम होम र सिफ्टमा काम गराउन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमणको जोखिम बढेको भन्दै सेवालाई सकेसम्म विद्युतीयमाध्यमबाट गर्न/गराउन निर्देशन दिएको छ ।
कर्माचारीको हकमा समूहमा विभाजन गरी समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी काम गराउन, रिमोर्ट एक्सेस, वर्क फ्रम होम, सिफ्टमा काम गराउनेलगायतको उपाय अबलम्बन गराउन भनेको छ ।
बैंकले आज ९ बुँदे सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुने र भौतिक दुरी कायम हुने गरी व्यवस्था मिलाई भौतिक आवतजावतसकेसम्म कम हुने गरी विद्युतीय माध्यमबाट गर्न र गराउन प्रोत्साहन गर्न भनेको छ ।
त्यसैगरी बैठक, गोष्ठी, सेमिनार, तालिम, जस्ता कार्य सकेसम्म भर्चुअलमाध्यमबाट गराउन पनि भनेको छ ।
राष्ट्र बैंकले एटीएम बुथमा सेनिटीइजर एवम् टिस्युपेपरको व्यवस्था गर्न समेत भनेको छ ।