काठमाडौं म्यारियट होटल तेस्रो वर्षमा
काठमाडौं । काठमाडौं म्यारिट होटलले सञ्चालनको दोस्रो वार्षिकोत्सव भएको छ । म्यारियट होटलले वैशाख ५ गते दोस्रो वार्षिकोत्सव मनाएको हो । म्यारियट होटलले नेपालका स्थानीय र अन्तर्राष्ट्रिय पाहुनालाई उत्तम आतिथ्य प्रदान गर्दै आइरहेको छ ।
‘उत्तम सेवा प्रदान गर्ने क्रममा हामी निरन्तर रुपान्तरण र नवीनता ल्याइरहेका छौं । यो लक्ष्य हासिल गर्नको लागि यात्रा चुनौतीपूर्ण भएको छ । यद्यपि हामी हाम्रा सहयोगीहरु र सरोकारवालाहरुको कडा परिश्रम र समपर्णको कारण यहाँ छौं । हामी हाम्रा दुवै अतिथिहरु र सहयोगीहरुको लागि सुरक्षित वातावरणको आवश्यकता बुझ्दछौं । त्यसकारण हाम्रा सहयोगीहरु सुरक्षा र स्वच्छता प्रोटोकलमा राम्रोसँग प्रशिक्षित छन्’, जेनरल म्यानेजर फाबियन मार्टिनेजले, ‘सरसफाइका मापदण्ड प्रति म्यारियटको प्रतिबद्धता विज्ञहरुको प्रोटोकलसँग मेल खान्छ, जस्ले गर्दा हामीले आफ्ना समाधानहरुको अनुगमन र विकास गरी हाम्रा सबै अतिथि र सहयोगीहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न निरन्तर रुपमा सफल हुदैँ आएका छौं ।’
काठमाडौं म्यारियट होटल यस्तो होटेल हो जुन महामारीको बेला पनि अतिथिहरुलाई सुरक्षित वातावरणले सेवा प्रदान गर्दै आइरहेको उनको दाबी छ ।
२ वर्षको दौडमा होटेलले काठमाडौंका फुड प्रेमीहरुलाई विभिन्न अफरहरु र फुड उत्सवहरुको साथ नयाँ व्यंजनहरु प्रस्तुत गर्दै आइरहेको छ । पछिल्लो उत्सव भनेको लेबनानी फूड फेस्टिबल हो । होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ। यसको बाहिरी सेटिंग र सिग्नेचर ककटेलको साथ ताहिना टेरेस घुमफिर गर्नको लागि एक राम्रो ठाउँ बनेको छ ।
थप रुपमा होटलले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न समुदायका लागि थुप्रै कार्यक्रमहरु जस्तै वाक फर वाम्र्थ, थ्याँक्सगिभिंग डिनरमार्फत कोष जम्मा गर्ने र खाना प्रदान गर्ने जस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
यो माइलस्टोन मनाउनका लागि म्यारियट होटेलले अप्रिल २०२१ को अन्त्यसम्म मात्र १२ हजार ११ रुपैयाँमा विशेष वार्षिकोत्सव समारोह प्याकेजको अफर गरेको छ ।