नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल सर्वसम्मत्, आधिकारिक घोषणा २८ गते



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको नयाँ अध्यक्षमा राजेन्द्र मल्ल सर्वसम्मत चुनिएका छन् । तर आधिकारिक घोषणा भने चैत २८ गते मात्रै हुनेछ ।

हालसम्म वाणिज्य, जिल्ला, उद्योग, वस्तुगत, द्विराष्ट्रिय, आवद्ध र नगरबाट ५५ जना कार्यकारी सदस्य सर्वसम्मत् भइसकेका छन् । त्यसबाहेक ७ जना प्रदेशबाट र न्यूनतम एक महिलासहित ३ जना मनोनित गरी ६५ जनाको नयाँ कार्यसमिति चयन हुनेछ ।

२०६२ सालदेखि चेम्बर अफ कमर्सको सदस्य भएका मल्ल कोषाध्यक्ष, द्वितीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइसकेका छन् । मल्लको व्यवसायिक लगानी विभिन्न क्षेत्रमा फैलिएको छ ।

मल्लको लगानी हाल मनाङ एयर, प्रभु इन्स्योरेन्स, मैलुङ खोला हाइड्रोपावर, भुक्तपुरको इँटा टायल, कान्तिपुर इन्जिनियरिङ कलेजमा छ । त्यसबाहेक जरसिंहपैवास्थित निर्माण भइरहेको तिरौला रिसोर्ट र ठमेलमा रहेको ठमेल ट्रेड सेन्टरमा पनि उनको लगानी छ । बैंकिङ क्षेत्रमा सिटिजन्स बैंकमा पनि मल्लको लगानी छ ।


क्लिकमान्डु