सहयोगी विकास बैंकको ३५ प्रतिशत हकप्रद जेठ १ देखि खुल्ला



काठमाडौं । सहयोगी विकास बैंकले ३५ प्रतिशत हकप्रद सेयरको बिक्री खुल्ला जेठ १ देखि गर्ने भएको छ । हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रवन्धक एनसिएम मर्चेन्ट बैकिङका अनुसार हकप्रद बिक्री जेठ १ मा खुल्ला भएर असार ४ मा बन्द हुने छ ।

अहिले ३१ करोड चुक्ता पुँजी रहेको बैंकको चुक्ता पुँजी हकप्रदपछि ४२ करोड रुपैयाँ पुग्ने छ । हकप्रद सेयर एनसिएम मर्चेन्टठ सहयोगी विकास बैंकका शाखाबाट भर्न सकिने छ ।


क्लिकमान्डु