उपत्यका विकास प्राधिकरणले माग्यो आयुक्त
काठमाडौं । उपत्यका विकास प्राधिकणले आयुक्त माग गरेको छ । शहरी विकास मन्त्रालयले गत चैत २ गते सुचना प्रकाशित गर्दै प्रधिकरणमा रिक्त हुन जाने विकास आयुक्त पदको माग गरेको हो ।
मन्त्रालयले उक्त पदको लागि खुला प्रतियोगिताबाट पूर्ति गर्नुपर्ने भएकोले काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०७५ र ‘शहरी विकास मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको नियुक्ति तथा मनोनयन निर्देशिका, २०७६’ बमोजिम योग्यता दरखास्त दिन आह्वान गरेको छ । साथै, मन्त्रालयले गत चैत २ गतेबाट २१ दिन भित्रमा दरखास्त दिन आह्वान गरेको हो ।
मन्त्रालयले आयुक्तका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ/आर्किटेक्चर/शहरी योजना/व्यवस्थापन/अर्थशास्त्र/समाजशास्त्र/कानुन विषयमा कम्तीमा स्नातकाेत्तर उपाधि हासिल गरेको हुनपर्ने जनाएको छ ।
त्यस्तै मन्त्रालयले आयुक्तको पारिश्रमिक तथा सुविधाहरू नेपाल सरकारबाट तोकिए बमोजिम हुने उल्लेख गरेको छ ।
आयुक्तको लागि मन्त्रालयले नेपाल नागरिकताको प्रमाणित प्रतिलिपि, व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपि, अनुभव खुल्ने कागजातहरुको प्रमाणित प्रतिलिपि र काठमाडौं उपत्यका प्राधिकरणको सुधारको व्यावसायिक कार्य योजना (५ हजार शब्दमा नबढाई) को छुट्टै शिलबन्दी खामसहित दरखास्त दिनुपर्नेछ ।
त्यसैगरी, दरखास्त फाराम शहरी विकास मन्त्रालय (कर्मचारी प्रशासन शाखा) मा बुझाउनुपर्नेछ । साथै, विस्तृत जानकारीका लागि मन्त्रालयको वेवसाइट www.moud.gov.np बाट समेत प्राप्त गर्न सक्नेछन् ।