चन्द्रागिरि हिल्सको सेयरमा लगानीकर्ताको ओइरो, सूचिकृत सेयरभन्दा बढी माग, बिक्रेता छैनन्
काठमाडौं । चन्द्रागिरि हिल्सको दोस्रो बजारमा सेयर कारोबार आइतबारदेखि शुरु भएको छ । कम्पनीको सेयर खरिदमा दिउँसोसम्म १५ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर खरिदका लागि माग आएको छ ।
कुल १५ लाख ३४ हजार ९१० कित्ता आइपीओ नेप्सेमा शुक्रबार सूचिकृत भएको थियो । आइतबार कारोबार शुरु भएपछि १०÷१० कित्ता गरी २ वटा मात्रै कारोबार भएको छ । कम्पनीको शुरुवाती सेयर मूल्य १६१ रुपैयाँबाट कारोबार शुरु भएको थियो ।
कम्पनीको सेयर कारोबारका लागि शुरुवाती मूल्य न्यूनतम ९६.६९ रुपैयाँदेखि अधिकतम २९०.०७ रुपैयाँसम्मका लागि तोकिएको थियो । आइतबार कारोबार शुरु हुँदा १६१ रुपैयाँबाट शुरुवात भएको थियो ।