जनगणनामा ४७ हजार कर्मचारी आवश्यक, गणकले २६६१० र सुपरीवेक्षकले २८२०० तलब पाउने



काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा सहभागी भएर काम गर्ने सोच बनाउनु भएको छ ? यदि छ भने तपाईंका लागि सुवर्ण अवसर आएको छ । देशका लागि काम गरेको पनि हुने, समाज परिवार र मानिका चाहना पनि बुझन् सकिने भएकाले जनगणना आफैमा महत्वपूर्ण अवसर हो ।

जनगणनामा दुई प्रकारका कर्मचारी आवश्यक पर्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । तथ्यांक संकलन तथा सुपरीवेक्षक गरी दुई वटा पदका लागि विभागले आवेदक माग गरेको छ ।

देशभर सुपरीवेक्षकका लागि ८ हजार जनशक्ति माग गरिएको छ । सो पदमा काम गर्नका लागि स्नातक तह उत्र्तीण भएको हुनुपर्नेछ । सुपरीवेक्षकले २ महिनाका लागि रोजगारी पाउँछन् । सो पदमा नियुक्त हुनेले मासिक २८ हजार २०० बराबरको सुविधा पाउँछन् । त्यस आधारमा हेर्दा २ महिनामा ५६ हजार ४०० रुपैयाँ कमाई हुन्छ ।

त्यस्तै, विभागले गणकका लागि ३९ हजार पदमा आवेदन खुलाएको छ । प्लस टु उत्र्तीण गरेकाले सो कामका लागि आवेदन दिन सक्छन् । निश्चित मापपदण्डका आधारमा सर्टलिस्ट गरिने गणकले १ महिनाको रोजगारी पाउँछन् । सो कामका लागि गणकले २६ हजार ६१० रुपेयाँ तलब सुविधा पाउँछन् ।

नेपाली भाषाका अतिरिक्त स्थानीय भाषा बोल्न, बुझ्न र अरुलाई बुझाउन सक्ने विशेष प्राथमिकता तोकिएको छ ।

राष्ट्रिय स्तरको गण्ना तथा सर्वेक्षण वा विभागबाट सञ्चालित कुनै पनि कार्यमा अनुभव हासिल गरेका वा तालिम लिएका व्यक्ति यसमा सहजै छनौटमा पर्नेछन् । यस्तै, तथ्यांक वा जनसंख्या विषय लिई स्नातकोत्तर तह अध्ययनरत विद्यार्थी वा सो तह उत्र्तीण गरेकालाई समेत विभागले प्राथमिकतामा राखेको छ ।

विभागले सुपरीवेक्षक र गणकलाई करारमा नियुक्त गर्नेछ ।

नेपाली नागरिकताको प्रमाणपत्र, सापपोर्ट साइजको फोटो, शैक्षिक योग्यताको लब्धांकपत्र, तामि तथा अनुभवको प्रमाणत्र आवेदनका साग पेश गर्नुपर्नेछ । दरखास्त दिने अन्तिम दिन १८ वर्ष पूरा भई ४० वर्ष र महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । त्यसका लागि विभागको वेवसाइटमा गएर आवेदन दिन सकिन्छ । सुपरीवेक्षण तथा गणक भएर काम गर्ने तपाईंको इच्छा भए आवेदन दिएर आवश्यक तयारी गर्न सक्नुहुन्छ ।


क्लिकमान्डु