नेपाल इन्स्योरेन्सले १० % लाभांश दिने, बोनस कति ?
काठमाडौं । नेपाल इन्स्योरेन्सले सेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ८ प्रतिशत बोनस र त्यसमा लाग्ने करसहित २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाको उक्त प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।