नेपाल सेनामा खुल्यो २९१ जनाका लागि जागिर



C

काठमाडौं । नेपाली सेनाले २९१ जनाका लागि जागिर खुलेको छ । नेपाली सेना कार्यरथी विभागको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न बिल्दार पद, सिपाही र सहायक कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

जसमा लेखा जमदार, पुजारी हुद्धा, अमलदार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, धोबी, केहकर्तक र सयस पदहरुको दरखास्त आह्वन गरिएको छ ।

दरखास्त आह्वनमा लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमलदार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सुचिकार १० जना, कुचिकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ५ जना, धोबी २ जना, केशकर्तक २ जना र सयस ५ जना गरी २ सय ९१ जना माग गरिएको छ ।

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले जनाएको छ । इच्छुक आवेदकले आवश्यक कागजात तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित स्वयम उपस्थित भएर १० रुपैयाँको टिकट टाँसेर दरखास्त पेस गर्न सक्नेछन् ।

तोकिएको मापदण्ड र योग्याता पुगेका इच्छुक आवेदकले दरखास्त दिन यही पुस २१ गतेदेखि माघ २१गतेसम्म समयसीमा रहेको र त्यसपछि दोब्बर दस्तुर तिरेर सात दिनसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ ।

आवेदनसँगै लेखा जमदारको लागि ३ सय रुपैयाँ, पुजारी हुद्धाको लागि २ सय रुपैयाँ र अमलदार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, धोबी, केशकर्तक र सयसका लागि १ सय रुपैयाँ आवेदन दस्तुर तिर्नुपर्नेछ ।


क्लिकमान्डु