नेपाल कपडा तथा सिलाई व्यवसायी संघमा नयाँ कार्यसमिती चयन


काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी संघको सोह्रौ वार्षिक साधारण सभा तथा नवौं राष्ट्रिय अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ ।

राष्ट्रिय अधिवेशनले राम कृष्ण श्रेष्ठको अध्यक्षमा ३३ सदस्य केन्दीय कार्य समिति निर्वाचित गरेको छ जसमा वरिष्ठ उपाध्यक्ष लाल ब. परियार, प्रथम उपाध्यक्ष दिपक त्रिखत्री, द्धितिय उपाध्यक्ष तुलसीकृष्ण श्रेष्ठ, तृतिय उपाध्यक्ष कालिप्रसाद नेपाली महासचिव सदिश श्रेष्ठ सचिव मेघ ब. कार्की कोषाध्यक्ष सरोज कटुवाल, सह कोषाध्यक्ष ईश्वर नेपाली, छन् ।

त्यसैगरि प्रदेश नं. १ बाट संयोजकमा हरि पोखरेल दर्जी २ नं. सन्त परियार ३ नं. संयोजकमा गणेश बराल, ४ नं. मंगला लिम्बु ५ नं. संयोजकमा सुरेन्द्र परियार ६ नं. मा हेमराज परियार निर्वाचित भए । प्रदेश ७ नं. संयोजकमा हिकमत दर्जि रहेको संघले जनाएको छ ।

संघले व्यवसायीक मुद्धाहरुलाई समयसापेक्ष रुपमा परिमार्जन गर्दै व्यवसायीक एकतालाई अझ बलियो बनाउदै अगाडि बढ्ने संघका नवनिर्वाचित अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।

Skip This