आकर्षक तलब सुविधा हुने राष्ट्र बैंकमा ५० पदमा जागिर खुल्यो, कसरी दिने आवेदन ?



काठमाडौं । नेपालमा सरकारी जागिरहरुमा निकै नै आकर्षक तलब सुविधा भएको नेपाल राष्ट्र बैंकमा जागिर खुलेको छ ।

राष्ट्र बैंकको जनशक्ति विभागले विभिन्न पदमा गरेर ५० जनाको आवेदन खुलाएको छ ।

राष्ट्र बैंकले सहायक निर्देशक अधिकृत तृतिय प्रशासन तर्फ ३१ जनाको आवेदन माग गरेको छ । जसमा १७ जना खुल्ला,५ जना महिला,४ जना आदिवासी जनजाती,२ जना मधेशी,१ जना दलित र २ जना पिछडिएको क्षेत्रको लागि आरक्षण छ ।

यस्तै सहायक निर्देशक अधिकृत तृतिय लेखामा ५ जना आवेदन माग गरिएको छ । जसमा ४ जना खुल्ला मागिएको छ भने १ सिट अपांग भएको व्यक्तिलाई आरक्षणको लागि छुटइएको छ ।

सहायक निर्देशक कानूनको लागि २ जना आवेदन माग गरिएको छ । जसमा १ जना खुल्ला र १ जना आदिवासी जनजातीको लागि आरक्षण गरिएको छ ।

यस्तै सहायक द्धितीय अन्तर्गत प्रशासनको लागि १० जना आवेदन माग गरिएको छ । जसमा ६ पद खुल्ला छ भने १ जना महिला,२ जना आदिवासी र १ जना मधेशीको लागि आरक्ष्ण छ ।

सहायक द्धितीय कानून अन्तर्गत २ पदको आवेदन मागिएको छ । जसमा १ जना खुल्ला र १ जना महिला सिट आरक्षण गरिएको छ ।

आवेदकले नेपाल राष्ट्र बैंकको वेवसाइट मार्फत अनलाइन मार्फत आवेदन दिनुपर्छ ।

पुस २३ सम्म तोकिएको दस्तुर माघ १ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने छ ।


क्लिकमान्डु