हिमालयन बैंकको लाभांश घोषणाः लगानीकर्तालाई १४ % बोनस, ६ % नगद
काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि लगानीकर्ताले सो लाभांश पाउने छन् ।