स्वरोजगार लघुवित्तले १३.९७ प्रतिशत लाभांश दिने, बोनस कति ?
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई १३.९७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाले लगानीकर्तालाई आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १३.२७३ प्रतिशत बोनस र कर प्रायोजनका लागि ०.६९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।