सेयर बजारमा करेक्सन, कारोबार रकम पनि घट्यो



काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । बजार मापन गर्ने सूचक सँगै कारोबार रकममा पनि करेक्सन देखिएको छ । बजार मापन गर्ने सूचक २.३८ अंकले घटेर १७८०.४३ बिन्दुमा रोकिएको छ ।

१९९ कम्पनीको १ करोड २० लाख २१ हजार ३४७ कित्ता सेयर ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६११ रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार २०१ कम्पनीको १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता सेयर ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको ६.०५, ट्रेडिङ २९.१७, होटल ७६.६९, उत्पादन तथा प्रशोधन समूहको उपसूचक १३३.९८ अंकले बढेको छ । अन्य सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

यो दिन कारोबार रकमको आधारमा नेपाल बैंक रहेको छ । नेपाल बैंकको ३० करोड २२ लाख ७ हजार ४६३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन डिस्ट्रिलरी रहेको छ । यस्तै जलविद्युत लगानी तथा विकास कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु