कलेजको फि तिर्न नसकेर फुरेको आइडिया, वार्षिक साढे ३ अर्बको कारोबार, आइपिओको तयारी



काठमाडौं । काममा मेहनत चाहिन्छ । इमान्दार प्रयास पनि उत्तिकै आवश्यक छ । जुनसुकै कामबाट पनि नाम र दाम दुवै कमाउन सकिन्छ । केवल सफल हुने सपना र फराकिलो सोच पनि जरुरत पर्छ । यस्तै समय अनुसार आफूले गरिरहेको कामलाई निरन्तर अगाडि बढाउने दृढ इच्छाशक्ति पनि जरुरी पर्दछ ।

माध्यामिक शिक्षा पढ्दा, राम्रो कपडा लगाउने र राम्रो जुत्ता समेत नभएका एक युवाले गरेको संघर्ष र उनको सफलताको कथा आफैमा महत्वपूर्ण रहेको छ ।

यो कथाले सुखमा नमात्तिने र दुःखमा नआत्तिने भन्ने भनाईलाई समेत आत्मसात गर्न बल पुग्दछ । किनकी, थोरै सफलतामा पनि हौसिएर अरुलाई गन्दै नगन्ने प्रवृत्ति हाम्रो सामु छ । किनकी, यो मानवीय स्वभाव पनि हो ।

कोचिङ कक्षा पढाउने एक युवाले स्थापना गरेको कम्पनीेले सन् २०२५ सम्म सर्वसाधारणका लागि साधारण सेयर समेत बिक्री गर्ने तयारी गरेको छ । किनकी सफलताको फल आफू मात्रै नखाऊ , अरुलाई पनि दिऊ भन्ने मान्यताका साथ उनले आफनो कम्पनीको आइपिओ बिक्रीको तयारी गरेका हुन् ।

कुनै समय आफनो पढाईका लागि शुल्क तिर्ने पैसा नभएका एक युवाको कम्पनीले झण्डै २ अर्ब भारतीय रुपैयाँ बराबरको कारोबार गदर्छ । यो कुरा आफैमा सफलताको राज होइन र ? पक्कै पनि यस्ता उदाहरण नेपाली समाजका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ ।

कुनै समय होम टयूटर रहेका ती युवाले पछि कोचिड इन्स्टिच्यूट शुरु गरे । मोबाइल बिग्रेपछि बनाउन गए । मोबाइल बनाउने पसलेसँग केही कुरा सिके । क्रमशः मेटास मोभरसिज कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत बनेका छन् ।

कोचिङ पढाएको समयमा उनले मासिम १५ हजार भारतीय रुपैयाँ कमाउँथे । इन्स्टिच्यूट शुरु गरेपछि उनले मासिक ४ लाख भारतीय रुपैयाँसम्म कमाई गरे । क्रमशः आफनै कम्पनी स्थापना गरे ।

बालककालमा उनलाई लाग्यो मेरो परिवार आमरुपमा खान लगाउन पुग्ने खालको नै थियो । मेरो भाइ बहिनीको साथमा दुई, दुई जोर जुक्ता छन् । तीन तीन वटा विद्यालय जाने पोशाक पनि छन् ।

जब मैले १२ कक्षा उत्र्तीण गरे । त्यतिबेला नै मलाई थाहा भयो, हाम्रो परिवार खासमा खान लगाउन पुग्ने खालको रहेनछ । मेरा माता पिताले दुःख गरेर हाम्रो आवश्यकता त पूरा गरिरहनु भएको थियो ।

वास्तविकता भने यस्तो थियो कि विकमको पढाईका लागि मेरा लागि १२ हजार भारु जरुरी थियो । उक्त शुल्क उपलब्ध गराउनका लागि कुनै स्रोत थिएन । हामी जेजे कोलीनीमा बस्थ्यौ । त्यस दिन उनलाई लाग्यो कि संसार हामी भन्दा धेरै अगाडि गइसकेको छ । यसका लागि हामीले आफना माता पितालाई पनि केही न केही सहयोग गर्नु नै पर्छ ।

यो वास्तविक कथा हो भारतको राजधानी नयाँ दिल्लीका डा अमित माहेश्वरीका । उनी भन्छन् ‘ मलाई कलेजको शुल्क तिर्नु थियो । त्यसका लागि के गर्ने होला ? जसबाट पैसा आओस् । ’

म एकाउण्टको राम्रो विद्यार्थी थिए । मैले सोचे अकाउण्टको कोचिङ पढाउनु नै राम्रो हुन्छ । कयौ कोचिङ सेन्टरहरुमा गए । तर, मलाई कोही कसैले पनि काम दिएनन् ।

उनीहरु भन्थे कि तिमी भर्खर १२ कक्षा पास गरेका छौ । तिमीलाई कसरी शिक्षकको नोकरी दिन सकिन्छ ? कयौ दिन घुमेपछि मैले एउटा ढोकामा होम टयूटरको पोस्टर लगाएको देखे । त्यसलाई देखेपछि मैले पनि आफनो नाम पोस्टरमा राखे । केही पोस्टर बनाए । यत्र तत्र टासिदिए ।

पोस्टर टासेको केही दिन पछि फोन आउन थाल्यो । एक अभिभावकले बोलाए । उनलाई मैले पढाउने तरिका असाध्यै राम्रो लागेछ र मलाई १२०० भारु दिए । उनले आफना बालबच्चालाई पढाउने जिम्मेदारी दिए । फेरी पनि अरु फोन आए । म घर घरमा गएर बच्चाहरुलाई पढाउन थाले । मैले १२०० को सटटामा १५०० शुल्क लिन थाले ।

जब मेरो काम बढ्न थाल्यो , कोचिङ सेन्टरका मानिसहरुलाई लागेछ, यो केटाले प्रतिस्पर्धा गर्न थाल्यो । उनीहरुले मलाई कोचिङ सेन्टरमा कामको अफर गरे । तर मैले उनीहरुको अफरलाई स्वीकार गरिन ।

किनकी पहिले उनीहरुले मलाई अस्वीकार गरेका थिए । दोस्रो कोचिङ सेन्टरमा गए । त्यहाँ ४० बच्चाको समूहलाई पढाए । त्यसपछि मलाई एउटा यस्तो सोच आयो कि म आफै किन कोचिङ इन्स्टिच्यूट नखोल्ने ?

अमित भन्छन् ‘ मेरो घरको पहिलो तल्लामा एक कोठा थियो । सोही कोठामा नै मैले कोचिङ पढाउन थाले । काम राम्रोसँग नै चलीरहेको थियो ।’ महिनाको १५ देखि २० हजार भारु कमाई हुन थाल्यो ।

दुई वर्षपछि मेरी बहिनीले पनि १२ कक्षा उत्र्तीण गरिन । उनले अग्रेजी पढाउन थालिन । जुन बच्चा मेरो साथमा एकाउण्ट र अग्रेजी पढन आउँथे । उनीहरु फिजिक्स, केमेस्ट्री र म्याथका लागि भने दोस्रो स्थानमा जान्थे । त्यसपछि मैले आफनो साथीसँग कुरा गरे ।

उनले आफूले पढाउने बतायो । सबै तयार भएपछि हामीले सबै विषयको कोचिङ पढाउन थाल्यौ । फेरी दोस्रो वर्ष सानी बहिनी हाम्रो साथमा आई । हामीले सबै विषयमा विद्यार्थीको विश्वास जित्ने गरी पढाउन थाल्यौ ।

मेरो परिक्षाको समय आएकाले मैले दोस्रो शिक्षकलाई इन्स्टिच्यूट सम्हाल्न दिए । उनले पनि असाध्यै राम्रो काम गरे । मलाई लाग्यो, अब यिनले सम्हाल्न सक्छन् ।

यदि त्यसो हो भने कोचिङ इन्स्टिच्यूटको शाखा किन नखोल्ने ? मैले एक शाखा खोले । मेरो पढाईको अन्तिम वर्ष आइ पुग्दा नपुग्दै कोचिङ इन्स्टिच्यूटको संख्या मात्रै ८ पुग्यो । मेरो साथमा ३५० देखि ४०० सम्म विद्यार्थी थिए । महिनाको औसतमा ४ लाख भारु कमाई हुन थाल्यो ।

कोचिङ सेन्टरलाई व्यवस्थित गर्ने सोचका साथ मैले नोकियाको एक सेकेण्ड ह्याण्ड फोन लिएको थिए । त्यसमा केही समस्या आयो । त्यसलाई मर्मत गर्न प्राविधिक समक्ष लगे ।

प्राविधिकले १० मिनेटमा नै फोन ठिक गरिदिए र २ हजार भारु लिए । मलाई लाग्यो, मैले महिनाभर पढाएर लिने शुल्क त यसले १० मिनेटमा नै लियो । त्यस समय बजारमा मोबाइल फोन राम्रै गरी विस्तारित भइरहेको थियो ।

मैले उक्त प्राविधिकलाई सोधे – तिमी महिनामा कति कमाउँछौ ? उसले भन्यो, यस्तै २५ देखि ३० हजार । मैले उसलाई फेरी भने त्यसो भए , म तिमीलाई ३० हजार भारु दिन्छु , मलाई मोबाइल मर्मत गर्न  सिकाइदेऊ  ।

त्यसपछि मलाई त्यसले मोबाइल मर्मतको कयौं नयाँ विषयका बारेमा सिकाइदियो । फेरी मैले त्यसको प्राविधिक विषयमा अनलाइनमा समेत पढे । सबै कुरा थाहा पाएपछि मैले मोबाइल मर्मतको एक कोर्श नै तयार पारे । त्यसलाई मैले कोचिङ सेन्टरमा प्रयोग गरे ।

कोचिङ इन्स्टिच्यूटमा त्यसलाई लन्च गरे । त्यसबाट असाध्यै राम्रो प्रतिक्रिया प्राप्त भयो । ४० विद्यार्थीलाई पहिलो कक्षामा १५ हजार भारु लिएर सिकाए । हाम्रो नाफा ५ गुणाले वृद्धि भयो । केही महिना पछि हामीले सबै शाखामा उक्त तालिम शुरु गर्यौ । अमितका अनुसार काम असाध्यै राम्रोसँग नै चलीरहेको थियो ।

हामीले फ्रेन्चाइज दिने योजना बनायौ । एक समाचार च्यानलमा २२ हजार बराबरको स्लट बुक गरेर फ्रेन्चाइजको विज्ञापन दियौ ।  पूरै दिल्लीबाट चासो व्यक्त भयो । त्यसपछि काम पनि शुरु भयो । त्यसबाट करिब ८ लाख भारु प्राप्त भयो ।

जुन पैसा प्राप्त भएपछि मैले व्यवसायिक रुपमा नै काम गरे । कार्यालयको सुधार गरे । असाध्यै नयाँ नयाँ काम पनि शुरु गरे । एककम, एफफिल, पिएचडी गरे । त्यसपछि एमबिए पनि गरे । यो सबै हुँदै गर्दा, सन् २०१२ साल भयो ।

यी सबै भइरहेको समयमा जब फोनको प्रविधिको बजारमा गिरावट आउन थाल्यो । तब, मैले ल्यापटप, ट्याब्लेट, डिजिटल क्यामराको समेत मर्मतसम्बन्धी तालिम गर्न शुर गरे । त्यसको शसल्क ५० हजार राखे । मोबाइल मर्मत गर्ने भन्दा ज्यादै बढी शुल्क थियो , त्यो ।

उनका अनुसार सोही समयमा मेरो मनमा एउटा कुरा चलीरहेको थियो । अब थप नयाँ के गर्न सकिन्छ ? कसरी अगाडि बढ्न सकिन्छ । धेरै कामको अवलोकन पनि गरे ।

मैले थाहा पाए, भारतमा स्टिलको असाध्यै बढी प्रयोग हुन्छ । मलाई स्टिलको विषयमा अध्ययन गर्ने सोच मुखरित भएर आयो । स्टिलको बारेमा अध्ययन गर्न थालेपछि उनले थाहा पाए, स्टिलको राजा त जर्मनी हो ।

त्यहीबाट सबैतिर फैलिएको हो । त्यहाँको अवस्था बुझन गए । काम कसरी हुन्छ भन्ने पनि पत्ता लाग्यो । पूरै प्रक्रियाका बारेमा जान्ने अवसर मिलेको उनी बताउँछन् ।

जर्मनीबाट फर्केर आएपछि स्टिलको काम शुरु गरे । २०१४ मा मेटास नामक कम्पनी स्थापना गरे उनले । सो कम्पनी अन्तरराष्ट्रिय स्तरको कम्पनीका रुपमा स्थापना भयो ।

उनको कम्पनीले स्टिलका सामग्री प्रयोग गरेर मोडयुलर किचन, वाथरुम तथा कोठा सजाउने काम थाल्यो । उनलाई फ्रेन्चाइजको पनि अनुभव थियो । काम नै फरक किन नहोस ।

उनलाई राम्रोसँग थाहा थियो, त्यसमा सफलता हासिल गर्न सकिन्छ । फ्रेन्चाइज मोडलको बारेमा २५ लाख रुपैयाँ दिएर विज्ञापन गरे । २०१४ मा उनको कम्पनीको २२ शोरुम स्थापना भयो । २०२० मा आउँदा नआउँदै ३३ विशेष शोरुम, १५० डिलर र १६ हजार बढी एसोसिएट बढी व्यापारिक साझेदार भए ।

उनको कम्पनीले १२६ जनालाई रोजगारी समेत दिएको छ । उनको कम्पनीको पछिल्लो वर्षको कूल कारोबार मात्रै २२० करोड बराबरको भएको थियो । उनको सोच अनुसार २०२५ सम्म कम्पनीको आइपिओ समेत बिक्री गर्ने तयारी गरिएको छ ।

उनलाई आम मानिसले सोध्ने गर्छन, कसरी दिइन्छ, फ्रेन्चाइज । त्यसका लागि उनले परामर्शको काम समेत शुरु गरेका छन् । जिन्दगीभरमा नै सिकेको कुरा नै यही हो । कुनै पनि कामको शुरुवात होइन, त्यसको बन्द गर्नेको मिति तय गर । किनकी कुनै पनि काम पूरा गर्नु नै पर्छ, तर त्यसको जानकारी भने हुनै पर्छ ।

जुनसुकै काममा शतप्रतिशत ध्यान दिए, त्यसमा असफलता हासिल हुने कुनै चान्स नै हुँदैन । जब कुनै काम गरिन्छ, शुरुवातमा थोरै पछाडि पनि पर्न सकिन्छ । केही समस्या पनि आउन सक्छ, केही कठिनाई पनि हुन सक्छ । तर, सफलता भने प्राप्त हुन्छ नै ।

दुःखबाट उठेको मानिसले सफलता हासिल गर्न सक्छ भन्ने उदाहरण बनेका छन्, अमित । के नेपालमा पनि यसरी सानो कामबाट नै सफलता हासिल गर्न सकिदैन र ? यसका बारेमा सोच विचार राख्नु नै उत्तम हुन जान्छ ।


पुष्प दुलाल