साल्ट ट्रेडिङ कर्पोरेशनले ३५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले लगानीकर्तालाई ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कर्पोरेशनले लगानीकर्तालाई २५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । २५ प्रतिशत बोनसको लागि ३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँ र १० प्रतिशत नगद लाभांशको लागि १ करोड ५३ लाख ५७ हजार ५८० रुपैयाँ छुट्याएको छ ।

कर्पोरेशनको आगामी बार्षिक साधारण सभा मंसिर ३० गने हुने छ । साधारण सभाको लागि भन्दै मंसिर १५ देखि ३० गतेसम्म सेयर दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने सूचना जारी गरेको छ ।


क्लिकमान्डु