युनाइटेड इदी-मर्दी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको आईपीओ मंसिर ३ बाट बिक्री खुल्ला भएको हो ।

कम्पनीले ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्कासन गरेकोमा ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोष, १७ हजार ४ सय ७८ कित्ता कर्मचारी र ८ लाख १२ हजार ७३६ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

न्युनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले सी(आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु