आईपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा पुग्यो महिला लघुवित्त



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) जारी गर्नको लागि बोर्डमा अनुमतिको लागि आवेदन दिएको छ ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँका दरले ४ करोड रुपैयाँको ४ लाख कित्ता सेयर जारी गर्न लागेको छ ।

बोर्डले अनुमति दिएपछि संस्थाले साधारण सेयर जारी गर्ने छ । संस्थाको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।


क्लिकमान्डु