बीमा कम्पनीले टेवा दिँदा सेयर बजारमा उछाल, पौने ५ अर्बको कारोबार
काठमाडौं । तिहारपछि खुलेको सेयर बजारमा उछाल आएको छ । यो दिनको कारोबारमा नेप्से मापन गर्ने सूचकसँगै कारोबार रकम पनि बढेको छ ।
बुधबारको कारोबारमा जीवन तथा निर्जीबन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन समूहको उपसूचकमा आएको आएको उछालको कारण बजारमा दोहोरो अंकको सुधार देखिएको हो ।
बजारमा दोहोरो अंकको तेजी आउ्रँदा पनि बैंकिङ समूहको उपसूचकमा भने गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचकमा १.२८ अंकको गिरावट आएको छ ।
तर जीवन बीमा समूहको उपसूचक ५२१.३७, निर्जीबन ३९७.४८, उत्पादन तथा प्रशोधन २३५.४५ ट्रेडिङ समूहको उपसूचक १८१.०८ अंकले बढेको छ । बुधबार नेप्से मापन गर्ने सूचक २३.३२ अंकले बढेर १७४१.८१ बिन्दुमा रोकिएको छ । यो दिन १९४ कम्पनीको १ करोड १६ लाख ७४ हजार ८७५ कित्ता सेयर ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ रुपैयाँमा किनबेच भएको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३३ करोड ६२ लाख ५९ हजार ्र९२० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल दुरसञ्चार कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यो दिन गोर्खाज फाइनान्स, हिमालयन डिस्ट्रिलरी, बोटलर्स नेपाल (तराइ), बिशाल बजार कम्पनी, साल्ट टे«डिङ कर्पोरेशनको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।