कोरोना भाइरस विरुद्ध भ्याक्सिनको प्रभाव सेयर बजारमाः सूचकसँगै कारोबार रकममा उछाल



काठमाडौं । कोरोना भाइरस विरूद्धको भ्याक्सिनको तेस्रो चरणको परीक्षण ९० प्रतिशत प्रभावकारी भएको समाचार प्रकाशित भएसँगै त्यसको असर नेपालको सेयर बजारमा परेको छ ।

कोरोना भाइरस विरूद्धको भ्याक्सिनको परीक्षण ९० प्रतिशत प्रभावकारी भएको समाचार आएपछि त्यसको मनोवैज्ञानिक असर नेपालका सेयर लगानीकर्ता पनि परेको देखिएको छ । यो दिन बजार मापन गर्ने सूचक २५.९८ अंकले बढेर १६७८.७९ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०६ अंकले बढेर ३३०.३९ बिन्दु कायम भइको छ ।

१९६ कम्पनीको ९६ लाख ५७ हजार ६७७ कित्ता सेयर ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २५६ रुपैयाँमा किनबेच भएको छ । यो दिन कारोबार रकममा धेरै उछाल देखिएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा उल्लेख्य सुधार देखिएको छ । बैंकिङ समूहको उपसूचक ७.११, ट्रेडिङ १०९.४९, होटल ८७.४३, विकास बैंक ८.०७, निर्जीबन बीमा १६०.४, जीवन बीमा समूहको उपसूचकमा ४७६.३६ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २८ करोड ५३ लाख ३२ हजार १५१ रूपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन डिस्ट्रिलरी रहेको छ ।

कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक, साल्ट टे«डिङ कर्पोरेशन, सानिमा जनरल इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । कारोबारमा बिशाल बजार कम्पनी, अरूण भ्याली हाईड्रोपावर, विजय लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु