आरएसडिसी लघुवित्तको नाफा बढ्यो, खराब कर्जा पनि बढ्दै



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ८१ लाख २७ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिको तुलनामा २३.९४ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिका संस्थाको नाफा २ करोड २८ लाख १५ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिका संस्थाको नाफासँगै खुद ब्याज आम्दानीमा बढोत्तरी भएपनि सञ्चालन मुनाफामा भने गिरावट आएको छ । गत आवको पहिलो त्रैमासमा ३ करोड ८५ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा खुद ब्याज आम्दानी बढेर ३ करोड ९१ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफा ३ करोड ५६ लाख १३ हजार रुपैयाँबाट घटेर ३ करोड ३२ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

६७ करोड १५ लाख २३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १७ करोड ५३ लाख ७१ हजार रुपैयाँ रहेको छ ।

संस्थाको खराब कर्जा ०.१९ प्रतिशतबाट बढेर ०.३५ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७५ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ १२ पैसा रहेको छ ।


क्लिकमान्डु