सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो
काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । शुक्रबार पनि सुनको मूल्य १ हजार रुपैयाँले बढेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएको छ ।