बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता सेवा बन्द
काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालबाट प्रदान गरिने आर्थिक सहायता सेवा केही दिनको लागि बन्द गरिएको छ । सचिवालयमा कार्यरत कर्मचारीलाई कोभिड–१९ को संक्रमण भएकाले अर्को सुचना सार्वजनिक नभएसम्म सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता सम्बन्धि सम्पूर्ण सेवा बन्द गरिएको हो ।
सचिवालयबाट प्राप्त हुने आर्थिक सहायताका लागि सम्बन्धित व्यक्तिले आवश्यक कागजात सहित स्थानीय तहमा निवेदन दिन बोर्ड सचिवालयले आग्रह गरेको छ । उक्त कागजातहरू स्थानीय तहले रुजु गरी आधिकारिक ईमेलबाट बोर्ड सचिवालयको इमेलमा प्राप्त भएमा सचिवालयले सम्बन्धित व्यक्तिको बैंक खातामा आर्थिक सहायता वापतको रकम पठाउने सचिवालयले जनाएको छ ।
साथै, सचिवालयबाट अत्यावश्यक सेवा अन्तर्गत गरिने शव ढुवानीको कार्य सुचारु रहेको जनाएको छ ।