मन मिल्नेलाई मर्जरमा जान गभर्नर अधिकारीको सुझाव, नगद लाभांशको सीमा हटाउन बैंक अध्यक्षको माग



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई फोर्स मर्जर नगराउने बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुलाई मंगलबार भर्चुअल माध्यमबाट भएको छलफलमा गभर्नर अधिकारीले मन मिल्ने संस्थाहरुलाई मर्जरमा जानको लागि सुझाव दिएका छन् ।

‘तपाईहरुको लागत घट्छ मनमिल्छ र संस्थालाई राम्रो हुन्छ भने मर्जर गर्दा राम्रो हुन्छ,’गभर्नर अधिकारीले भने ।

बैठकमा गभर्नर अधिकारीले केन्द्रिय बैंक कोभिड १९ पछिको आर्थिक पुनरुत्उथानको विषयमा लागेको भन्दै सो अनुसारको नीति ल्याएको जानकारी दिएका थिए ।

बैठकमा सहभागी बैंकका अध्यक्षहरुले केन्द्रिय बैंकले नगद लाभांश वितरणमा गरेको कडाईमा संसोधन हुनुपर्ने माग राखेका थिए । मेगा बैंकका अध्यक्ष समेत रहेका सीबीफिनका अध्यक्ष शाहले कुल लाभांशमा ७० प्रतिशत बोनस र प्रतिशत नगद लाभांशको व्यवस्था राख्न नहुँने बताएका थिए ।

अवसरमा गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउनेगरी बैंकले मौद्रिक नीति जारी गरेको उल्लेख गर्दै उक्त नीतिको कार्यान्वयनमा सहयोग पुर्याउन बैंक तथा वित्तीय संस्थाका सञ्चाल समितिका अध्यक्षहरुसँग आग्रह गरे । साथै, कोभिडको असरसँगै निम्तिएको असहज परिस्थितिमा अर्थतन्त्र र वित्तीय प्रणालीको सम्बद्र्धनमा टेवा पुग्नेगरी वित्तीय सेवा प्रदान गर्नसमेत गभर्नर अधिकारीले आग्रह गरे ।

‘यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन । आफ्नो व्यवसायलाई टिकाउनेतर्पm यहाँहरु केन्द्रित भइदिनुस्,’गभर्नर अधिकारीले भने ।

वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रतर्पm कर्जा प्रवाह हुनसक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसप्रति सजग रहन बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गरे । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने वित्तीय सेवाामा सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकतामा गभर्नर अधिकारीले जोड दिए ।

‘अब ई–कमर्शलाई प्रवद्र्धन गर्ने किसिमका वित्तीय सेवातर्फ बैंकहरु केन्द्रित हुनुपर्छ,’उनले भने ।

सो अवसरमा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यान, नेपाल बैंक लिमिटेडका अध्यक्ष बासुदेव अधिकारी, हिमालयन बैंक लिमिटेडका अध्यक्ष तुलसीप्रसाद गौतम, मेगा बैंक लिमिटेडका अध्यक्ष भोजबहादुर शाह, लुम्बिनी विकास बैंकका अध्यक्ष दशरथ रिजाल, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल फाइनान्स लिमिटेडका अध्यक्ष हिरेन्द्रमान प्रधान, रिलायन्स फाइनान्स लिमिटेडका अध्यक्ष कुशकुमार माली लगायतले समसामयिक बैंकिब तथा वित्तीय क्षेत्रका सन्दर्भमा आ–आफ्नो धारणा राखेका थिए । थियो । वेबिनारमा डेपुटी गभर्नर शिबराज श्रेष्ठको समेत सहभागिता रहेको थियो ।

गभर्नर अधिकारीले मौद्रिक नीतिले लिएको लक्ष्य र बैंकहरुले गर्न सक्ने कार्यान्वयनको विषयमा जिज्ञासा राखेका थिए । आगामी दिनमा बैंकिङ क्षेत्रको समस्या समाधानको लागि बैंक अध्यक्षहरुसँग समेत केन्द्रिय बैंकले मिलेर काम गर्ने आश्वासन अधिकारीले दिएका छन् ।


क्लिकमान्डु