सिभिल बैंकको प्रष्टिकरणः हिमालयन बैंकलाई मर्जरको लागि पत्र पठाएका छैनौं



काठमाडौं । सिभिल बैंकले मर्जरको लागि हिमालयन बैंकलाई कुनै पनि पत्र नपठाएको जनाएको छ ।

आइतबार नेप्सेले हिमालयन बैंकसँग मर्जर गर्ने चर्चा गरेर सिभिल बैंकले सेयर मूल्य बढाएको विषयमा सोधेको स्पष्टिकरणको जवाफ दिँदै बैंकले यस्तो जानकारी गराएको हो ।

बैंकले नेप्सेलाई पठाएको जवाफमा सिभिल बैंकले हिमालयन बैंकले प्राप्ती गर्ने विषयको समाचार आएको भन्दै त्यसमा बैंकको गम्भिर ध्यानाकर्षण भएको भन्दै उक्त समाचारमा आएजस्तो बैंकबाट कुनै पनि औपचारिक निर्णय नभएको र बैंकले आधिकारिक रुपमा त्यस्तो खालको समाचार सम्प्रेषण नगरेको जनाएको छ ।

बैंकले राष्ट्र बैंकले तोकेको मर्जर नीति अनुरुप बैंकले मर्जर गर्नको लागि सम्भावित उपयुक्त बैंकहरुको खोजी गर्ने क्रममा विभिन्न बैंकसँग अनौपचारिक रुपमा छलफल भएको जनाएको छ ।

अहिलेसम्म बैंकको सञ्चालक समितिबाट कुनै पनि औपचारिक निर्णय नभएको र बैंकले सेयर मूल्यमा असर पर्ने कुनै पनि सूचना प्रवाह नगरेको समेत जवाफ पठाएको छ ।


क्लिकमान्डु