भारतले प्याज निर्यातमा प्रतिबन्ध लगायो, नेपालमा मूल्य बढ्न सक्ने
भारत सरकारले सोमबार प्याजको निर्यातमा रोक लगाएको छ । प्याजको उत्पादन हुने क्षेत्रमा भारी वर्षा हुँदा उत्पादनमा कमी आएसँगै निर्यातमा रोक लगाएको हो ।
भारतकाे उद्योग तथा आपूर्ती मन्त्रायले जारी गरेको सूचनामा सबै प्रकारका प्याजको निर्यातमा रोक लगाइएको उल्लेख गरिएको छ । कार्यालयले रोक लगाउने निर्णय तत्कालै कार्यान्वयन हुने गरी निर्यातमा रोक लगाइएको जनाएको छ ।
भारतले प्याजको निर्यातमा रोक लगाएसँगै त्यसको असर नेपालमा प्याजको मूल्यमा वृद्धि हुने सम्भावना बढेको छ । भारतबाट ठूलो मात्रामा वर्षेनी नेपालसँगै बंगलादेश, मलेसिया, श्रीलंकालका देशमा प्याजको निर्यात हुँदै आएको छ ।
भारत सरकारले गत अप्रिलदेखि जुन महिनासम्म मात्रै १९८ मिलियन अमेरिकी डलर बराबरको प्याज निर्यात गरेको थियो । भारतले सन् २०१९–२० मा ४४० मिलियन डलर बराबरको प्याज निर्यात हुने अनुमान गरिएको थियो ।