माग कम हुँदा क्रुड आयलको मूल्यमा भारी गिरावट



शुक्रबार कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।

अमेरिकामा क्रुडको भण्डारनमा आश्चर्यजनकरुपमा वृद्धि तथा कोरोनाको बढ्दो संक्रमणको असर क्रुड आयलको मूलयमा देखिएको हो ।

कोरोना संक्रमितको संख्या बढ््दै जाँदा यसको असर क्रुडको मूल्यमा पर्ने र यसले मूल्यमा भारी गिरावट आउने आशंका गरिएको छ ।

बिहीबार करिब २ प्रतिशतले घटेको क्रुड आयलको मूल्य शुक्रबार ८ सेन्ट अर्थात् ०.२ प्रतिशत अझ घटेर ३९.८ डलर प्रति ब्यारेल पुगेको छ ।

अमेरिकन क्रुडको मूल्यमा गिरावट आएर ३७.२८ डलर प्रतिब्यारेलमा आएको थियो । बिहीबार यसको मूल्य २ प्रतिशतले घटेको थियो ।

दुबै प्रमुख बेञ्चमार्क लगातार दोस्रो सातामा पनि गिरावटको दिशामा बढिरहेका छन् । अमेरिकामा पछिल्लो साता क्रुडको भण्डारन अपेक्षाभन्दा बढी बढाइएको छ । किनकि रिफाइनरिजमा बिस्तारै कामकाज शुरु भइसकेको छ । यसभन्दा अघि मेक्सिकोको खाडीमा तुफान आएका कारण कच्चा तेलको उत्पादन ठप्प भएको थियो ।

ओएएनडीएका वरिष्ठ बजार विश्लेषक एडवर्ड मोयाका अनुसार मेक्सिकोमा आएको तुफानको असर क्रुडको उतपादनमा परेको र फेरि शुरु हुन थालेको छ । तर कमजोर माग तथा मेन्टिनेन्स सिजनको शुरुवात हुँदा तेलको मूल्यमा दबाब सिर्जना भएको छ । सरकारी आँकडा अनुसार अमेरिकामा पछिल्लो साता कच्चा तेलको भण्डारन २० लाख ब्यारेलले बढेको छ ।


क्लिकमान्डु