सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो
काठमाडौं । बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
बुधबार ९६ हजार ४ सय रूपैयाँ कायम भएको छापावाला सुनको मूल्य बढेर बिहीबार ९६ हजार ८ सय रूपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यावसायी संघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रूपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कायम भएको छ ।