कोरोना प्रभावित पुराना ऋणीले २०% र नयाँ ऋणीले १० % सम्म थप चालु पुँजी कर्जा पाउने



काठमाडौं । कोरोना प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजीको अधिकतम १० प्रतिशतसम्म थप कर्जा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका-२०७७ जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजी कर्जा नलिएका कोरोना प्रभावित व्यवसायीलाई आवधिक कर्जाको १० प्रतिशतसम्म थप कर्जा कर्जा पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले एकीकृत निर्देशिका-२०७६ लाई संशोधन तथा परिमार्जन गरी कोरोना प्रभावित ऋणी गत चैत मसान्तसम्म कायम कर्जाको सीमा एक पटकका लागि चालु पुँजीको उपयोग नगरेका ऋणीको हकमा चालु पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले एकीकृत निर्देशिका जारी गर्दै कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायलाई सञ्चालन गर्न सहजीकरण गर्ने प्रयोजनका लागि ऋणीको आवश्यकता र उद्योग÷ व्यवसायको सम्भाव्यताको विश्लेषण गरी कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको हो ।

‘कोभिड-१९ बाट प्रभावित उद्योग व्यवसायलाई सुचारु गर्न सहजीकरण गर्ने प्रयोजनको लागि ऋणीको आवश्यकता र उद्योग÷ व्यवसायको सम्भाव्यताको विश्लेषण गरी २०७६ चैत मसान्तमा कायम कर्जाको सीमामा एक पटकको लागि चालु पँुजी कर्जा उपयोग गरेका ऋणीको हकमा चालु पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र चालु पँुजी कर्जा उपयोग नगरेका ऋणीकोहकमा आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिनेछ,’ निर्देशिकामा उल्लेख छ ।

साथै, कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको आवश्यकता, धितोको पर्याप्तता, कर्जा जोखिम व्यवस्थापन तथा ऋणीको व्यवसायीक प्रयोजनकोे विश्लेषण गरी तोकिएको प्रतिशतभन्दा बढी थप कर्जा प्रवाह गर्न सकिने अवस्था भएमा सो कर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु