लगानीकर्ता प्रोफिट बुक गर्न लाग्दा नेप्से सूचकसँगै घट्यो कारोबार रकम



काठमाडौं । यतिबेला सेयर बजारमा नाफा बुक गर्ने लगानीकर्ताको होड बाजी नै चलेको छ ।

लगानीकर्ता धमाधम नाफा बुक गर्न लाग्दा बजारमा बिक्रेताको चाप बढेको छ । जसको कारण दोहोरो अंकको गिरावट आएको छ ।

बजार मापन गर्ने सूचक १२.१७ अंकले घटेर १४८७.८१ बिन्दुमा रोकिएको छ । बजारले लगानीकर्ताको १५ सयको मनोवैज्ञानिक घेरा नाघेपनि अहिले त्यो घेरा भन्दा तल बजार आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.५५ अंकले घटेर २९८.६४ बिन्दुमा रोकिएको छ ।

१९२ कम्पनीको ५५ लाख ९५ हजार ५५१ कित्ता सेयर २ अर्ब १६ करोड ४९ लाख ३० हजार २४१ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूह १७.३६, विकास बैंक १५.८५, निर्जीबन बीमा ४६.७६, उत्पादन तथा प्रशोधन १७.६८, जीवन बमिा समूहको उपसूचक ९२.५४ अंकले घटेको छ । कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।

कम्पनीको २८ करोड ४० लाख ३७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नागरिक लगानी कोष र नेको इन्स्योरेन्स रहेका छन् ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि उन्नति सहकार्य लघुवित्त, युनिभर्सल पावर कम्पनी, जोशी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन भने एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, घलेम्दी हाईड्रो पावर, हिमालयन पावर पार्टनर, अरुण कावेली पावरका लगानीकर्ताले गुुमाएका छन् ।


क्लिकमान्डु