कोरोना कहरः सहकारीको लेखापरीक्षण र साधारण सभामा विभागको ध्यानाकर्षण
काठमाडौं । कोरोना भारइसले निम्त्याएको समस्याका कारण सहकारी संस्थाहरुको लेखापरीक्षण र साधारण सभा समयमा नै नहुने भएको छ ।
कोरोनापछि सरकारले लागु गरेको निषेधाज्ञाको समयमा सहकारी संघ- संस्थाहरुको समयमै लेखापरीक्षण तथा साधारण सभा कसरी सक्ने भन्नेमा सहकारी विभागको ध्यानाकर्षण भएको छ ।
सहकारी संघ-संस्थाहरुको गत आर्थिक वर्षको लेखापरीक्षण असोज मसान्तसम्म भएको हुँदा त्यो समयावधिमा संस्थाको लेखापरीक्षण तथा साधारण सभा कसरी गर्ने भनेर छलफल समेत विभागले चलाएको छ ।
विभागको अनुसार विभागले सरोकारवाला पक्षसँग नियमित छलफल गरिरहेको भन्दै छलफल पछि उपयुक्त निकास सहितको निचोड सार्वजनिक गर्ने विगभाले जनाएको छ ।