अर्थमन्त्रालयको कार्यभार सम्हालेपछि प्रधानमन्त्रीले उद्योगी व्यवसायीलाई भेट्न बोलाए
काठमाडौं । अर्थमन्त्रालयको कार्यभार सम्हाले लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्योगी व्यवसायीलाई भेट्न बोलाएका छन् ।
साँझ ६ बजे बालुवाटारमा उद्योगी र व्यवसायीहरुलाई भेट्न बोलाएका हुन् । डा. युवराज खतिवडाले शुक्रबार नै राजीनामा दिएपछि रिक्त बनेको अर्थमन्त्रा प्रधानमन्त्रीले आफैसँग राखेका छन् ।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका प्रतिनिधिहरुलाई बोलाएका हुन् ।
कोभिडका कारण मुलुकका विभिन्न क्षेत्रमा जारी निषेधाज्ञा र यसले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा छलफल हुन सक्ने व्यवसायीहरुले बताएका छन् ।