लगानीकर्ताको ध्यान सस्ता मूल्यको हाईड्रोपावरमा, यी हुन सकारात्मक सर्किट लागेका १० कम्पनी



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएसँगै लगानीकर्ताको ध्यान न्यून मूल्य भएका संस्था कम्पनीतर्फ रहेको छ ।

यो दिनको कारोबारमा धेरै मूल्य भएका महंगा कम्पनी भन्दा पनि आईपीओको मूल्य भन्दा पनि संस्तो सेयर मूल्य भएको कम्पनीमा गएर लगानीकर्ता होल्ड भएका छन् । यस्तै केही धेरै मूल्य रहेका कम्पनीमा पनि लगानीकर्ता होल्ड भएका छन् ।

कारोबारमा १० वटा कम्पनीको कारोबारमा सर्किट लागेको छ । जसमा जोशी हाईड्रोपावर, अरुण भ्याली हाईड्रोपावर, रिडी हाईड्रोपावर, पाँचथर पावर कम्पनी, नाग्दी पावर कम्पनी रहेका छन् । यस्तै माथिल्लो लामाकोशी, एनआरएन इन्फ्रास्टक्चर लगायतको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दासम्म बजार मापन गर्ने सूचक ३२.४९ अंकले बढेर परिसूचक १५१७.४८ बिन्दुमा रहेको छ । २ अर्ब ६२ करोड ८० लाख ११ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।


क्लिकमान्डु