एनआएसी एशिया ग्रोथ र ब्यालेन्स फण्डले लाभांश दिने, कहिले हो बुक क्लोज ?



काठमाडौं । एनआएसी एशिया ग्रोथ फण्डले इकाइधनीहरुलाई १२ प्रतिशत र एनआईसी एशिया ब्यालेन्स फण्डका इकाइधनीलाई ८ प्रतिशत लाभांश दिने भएको छ ।

एनआईसी एशिया क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि इकाईधनीहरुलाई उ क्त लाभांश दिने निर्णय गरेको छ ।

दुवै फण्डले उक्त लाभांश वितरण गर्नको लागि भदौ २५ गते एक दिन इकाईधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु