पेट्रोलको मूल्य बढ्यो, डिजल र मट्टितेलको यथावत



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो  ।

इन्डियन आयल कर्पोरेसनबाट १ सेप्टेम्बरमा प्राप्त मूल्यका आधारमा पेट्रोलको मूल्य बढाएको हो ।  पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ कायम भएको छ ।

साथै डिजल, मट्टितेल, एलपी ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत नै राखिएको छ ।


क्लिकमान्डु