नेउवा महासंघ निर्वाचनः एसोसिएट तर्फ कुन संस्थाबाट को चुनाब लड्दै छन् ?




काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनले माहोल तताएको छ । चैतको अन्तिम साता (चैत २८ र २९ गते) हुने निर्वाचनले उद्योगी ब्यवसायी मात्रै होइन, राजनीतिक क्षेत्र, पत्रकार, बुद्धीजिबी र नागरिक समाजसमेत तरंगित बनेको छ ।

लोकतान्त्रिक अभ्यासका लागि गरिने प्रतिस्पर्धा प्रतिद्धन्द्धितामा परिणत हुन सक्छ भन्ने अनुभव महासंघसँग छ । बिनोद चौधरी र पद्म ज्योतिबीचको चुनावी प्रतिस्पर्धा, त्यसको परिणाम र त्यसपछिको प्रतिक्रिया महासंघका अहिलेका प्रत्यासीले भुलेका छैनन् होला ।

चुनावको केन्द्रमा बरिष्ठ उपाध्यक्ष पद रहेको छ । बरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने भएकोले महासंघको आगामी अध्यक्ष को हुने भन्ने प्रश्नले पनि त्यत्तिकै चर्चा पाएको छ । निजी क्षेत्रको सबैभन्दा प्रभावकारी र स्थापित संस्था भएकोले महासंघको चुनाबले सबैलाई आकर्षित गर्नु स्वभाविक पनि हो ।

महासंघमा दुई प्यानल चुनाबी प्रतिस्पर्धामा छन् । लोकतन्त्रमा चुनाव अपरिहार्य जस्तै हुन्छ । आम सहमति लोकतन्त्रमा नहुन पनि सक्छ । तर महासंघ अध्यक्ष पशुपति मुरारकाले संकेत गरे झै ‘प्रतिस्पर्धाभन्दा प्रतिद्धन्द्धिता बढ्दै गयो’ भने समस्या आउँन सक्छ ।

लोकतान्त्रिक अभ्यासका लागि गरिने प्रतिस्पर्धा प्रतिद्धन्द्धितामा परिणत हुन सक्छ भन्ने अनुभव महासंघसँग छ । बिनोद चौधरी र पद्म ज्योतिबीचको चुनावी प्रतिस्पर्धा, त्यसको परिणाम र त्यसपछिको प्रतिक्रिया महासंघका अहिलेका प्रत्यासीले भुलेका छैनन् होला ।

तर स्वच्छ प्रतिस्पर्धाले कुनै पनि लोकतान्त्रिक संस्थालाई हानी गर्दैन । बरु आत्मियता बढाउँछ । बरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेर प्यानलको नेतृत्व गरिरहेका शेखर गोल्छा र किशोर प्रधानले यी खतरा र सम्भावनाको विश्लेषण गरेकै होलान् ।

एसोसिएट तर्फबाट ३१ उम्मेदबार चुनाबी प्रतिस्पर्धामा छन् ।

को को छन् उम्मेदवार ?
एसोसिएट तर्फबाट महासंघको सदस्य बन्नेहरुमा अनिलकुमार केडिया पनि छन् । उनी यति फेब्रिक्सबाट प्रतिनिधित्व गर्छन् । यस्तै लुम्बिनी चिनी उद्योगका मनिषकुमार अग्रवाल, टिएसएन प्लाष्टकेयरका भरतराज आचार्य, पिएलओका कृष्णप्रसाद दुलाल र लोमस फर्मास्यूटिकल्सका प्रवलजंग पाण्डे पनि प्रतिस्पर्धामा छन् ।

अन्य प्रतिस्पर्धीहरुमा जगदम्बा सिमेन्टका साहिल अग्रवाल, त्रिवेणी स्पिनिङका रामचन्द्र संघाई, शिखर सुजका रामकृष्ण प्रसाई, खिलुङकालिका एजुकेसनका भेषराज अर्याल, पद्म टीका प्रकाश गिरी र मेगा कलेजका गोपाल खनाल पनि चुनाबी प्रतिस्पर्धामा छन् ।

सयपत्री ज्वेलर्सका ज्योत्सना श्रेष्ठ, हाइड्रो सोलुसन्सका ज्ञानेन्द्रलाल प्रधान, बृहत इन्भेष्टमेन्टका ओमबहादुर राजभण्डारी, सिद्धार्थ पेटका राजेशकुमार अग्रवाल, ओम निटिङका बासुदेवप्रसाद गौतम, बुटबल ग्यासका शंकर श्रेष्ठ र नन्दन घ्यूका शक्तिकुमार बेगानी पनि चुनाबी प्रतिस्पर्धामा छन् ।

यस्तै एस इन्टरनेसनलका अशोककुमार टेमानी, भाजुरत्न इन्जिनियरिङका सौरभ ज्योती, सफिसियन्ट कार्गोका रामशरण थपलिया, निलबाराही फिल्मका रन्जितराज आचार्य, नारायण इन्डष्ट्रिजका सुनिल नारायण श्रेष्ठ, प्रोवायो टेकका आनन्दकुमार बगरिया, ग्लोबल एजुकेसनका नारायण बजाज, शालिमार सिमेन्टका बिजयसिंह बैद्य, पन्चकन्या स्टिलका उदीप श्रेष्ठ, हनुमान मेटल्सका अशोककुमार तोदी, कास ट्रेडिङका मंगेशलाल श्रेष्ठ, बिबी एयरवेजका शिशिरकुमार भट्ट र अखिल ट्रेडिङका अखिलकुमार चापागाई पनि एसोसिएट तर्फबाट चुनाबी प्रतिस्पर्धामा छन् ।


क्लिकमान्डु