निषेधाज्ञासँगै बैंकमा कर्जाको माग सुस्त,पैसा थुप्रियो



काठमाडौं । जिल्ला प्रशासन कार्यालयबाट जारी भएको निषेधाज्ञासँगै बैंकहरुमा कर्जाको मागमा सुस्तता आएको छ ।

साउनमा लकडाउन खुलेसँगै बैंकहरुमा नयाँ कर्जाको समेत माग आउन थालेको थियो । तर,भदौदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन् । जसको कारण बैंक तथा वित्तीय संस्थामा कर्जाको माग ठप्प भएको देखिन्छ ।

साउन महिनामा १५ अर्ब रुपैयाँले कर्जा बढेको थियो । लकडाउन खुकुलो हुँदै गएमा कर्जाको माग बढ्ने अनुमान बैंकरको थियो । तर,भदौदेखि नै विभिन्न जिल्लाले कोरोना भाइरस नियन्त्रणका लागु गरिएको निषेधाज्ञाले गर्दा कर्जाको माग घटेको हो ।
अहिले बैंक तथा वित्तीय संस्थाका सिमित शाखा मात्र संचालनमा छन् ।

अहिले बैंकहरुमा स्वदेशी मुद्रामा ३३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप छ । यस्तै कर्जा २८ खर्ब १ अर्ब रुपैयाँ छ ।

बैंकमा ऋण लगानीको लागि पैसा बढी भएसँगै निक्षेपको ब्याजदर तल झरेको छ । बैंकहरुले कर्जा बढाउनको लागि सस्तोे ब्याजदरको कर्जाको स्कीम ल्याएका छन् ।


क्लिकमान्डु