मुम्बई विमानस्थल सञ्चालनको जिम्मा मोदी निकट अडानी समूहलाई



काठमाडौं । नेपालमा पनि निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एक कम्पनीलाई सञ्चालनका लागि अनुमति दिने तयारीमा सरकार लागेको छ ।

कोरोनाका कारण निर्माणमा समस्या देखिएको सो विमानस्थल निकट भविस्यमा नै सञ्चालनमा आउने तयारीमा रहेको छ । सरकारले जि टु जि मोडलमा सो विमानस्थल सञ्चालनको लागि एक विदेशी कम्पनीलाई जिम्मा दिने तयारी गरिरहेको छ ।

यस्तै निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समेत कुन ढाँचामा चलाउने भन्ने बारेमा हालसम्म कुनै निर्णय भएको छैन ।

कोरोनाका कारण सो विमानस्थल समेत खास अर्थमा निर्माणको गति लिन सकेको छैन । यो सामग्री भने नेपालका विमानस्थलको भने होइन । भारतको आर्थिक राजधानी मुम्बईको हो ।

भारत सरकारले आर्थिक राजधानीमा सञ्चालनमा रहेको विमानस्थल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रिय पात्र गौतम अडानीको समूहलाई दिन लागिएको छ ।

पछिल्ला दिनमा भारतको रेल्वे तथा विमानस्थलहरु धमाधम नीजि क्षेत्रलाई सञ्चालनको जिम्मा लागिएको छ ।

सरकारी स्वामित्वमा रहेका विमानस्थल तथा रेल सेवालाई क्रमशः नीजिकरण गरिदा सार्वजनिक क्षेत्रको रोजगारीमा ठूलो कटौती आउने भएपनि नीजिकरण गर्न मोदी सरकार लागिपरेको छ ।

सामाचार विवरणहरुमा जनाइएअनुसार मुम्बई विमानस्थलको ७४ प्रतिशत हिस्सेदारी खरिद गर्न अडानी समूहसँग डिल भइरहेको छ । सो सम्झौता कार्यान्वयनमा आएपछि अडानी समूह सबैभन्दा ठूलो अपरेटरको रुपमा स्थापित हुनेछ । गौतमको कम्पनी अडानीले सो विमानस्थल सञ्चालन गर्नेछ ।

भारतका सार्वजनिक सम्पत्ति मोदीको पार्टी भारतीय जनता दलका समर्थक व्यापारीलाई धमाधम दिन लागिएको भन्दै आलोचना समेत भएको छ ।

तर त्यसका बारेमा सरकारले कुनै सुनुवाई समेत गरेको छैन । किनकी त्यहाँ राजनीतिक र व्यापारिक दुवै स्वार्थ जोडिएको आलोचकहरुले बताएका छन् ।

अडानी समूहको साथमा हाल देशका विभिन्न ६ विमानस्थल सञ्चालन गरेको अनुभव समेत रहेको छ । सरकारले क्रमशः अडानी समूहलाई नै विमानस्थल सञ्चालनको जिम्मेवारी दिँदै आएको छ ।

समाचार विवरणहरुका अनुसार जिविके समूहले कूल ५०.५ प्रतिशत हिस्सेदारी लिएर सम्झौता गरेको छ । अडानी समूहले नियमक निकायसँग आवश्यक तयारी गरिसकेको छ ।

भारतका सार्वजनिक सम्पत्ति मोदीको पार्टी भारतीय जनता दलका समर्थक व्यापारीलाई धमाधम दिन लागिएको भन्दै आलोचना समेत भएको छ ।

दिग्गज व्यापारीक समूह गौतम अडानीको नेतृत्वमा रहेको अडानी ग्रुप इन्टरनेशनले एयरपोर्ट लिमिटेडले ७४ प्रतिशत हिस्सेदारी खरिद गरेको छ । त्यसका लागि अडानी समूह र जिविके समूहका बीचमा एक सम्झौता भएको छ । मुम्बई एयरपोर्ट भारतको सबैभन्दा दोस्रो ठूलो विमानस्थल हो ।

अडानी समूहले जिविके समूहको ५०.५ प्रतिशत स्वामित्व खरिद गरेको छ । त्यसको अलावा अडानी समूहले दक्षिण अफ्रिकाको एक विमानस्थल कम्पनीको २३.५ प्रतिशत हिस्सेदारी खरिद गर्ने भएको छ ।

मुम्बई विमानस्थलमा एसिएएसएको १० प्रतिशत तथा बिडवेस्टको १३.५ प्रतिशत हिस्सेदारी रहेको छ । सो डिल पछि अडानी समूह सबैभन्दा ठूलो नीजि क्षत्रेको विमानस्थल सञ्चालक हुने भएको छ ।

हालसम्म हैदरावाद विमानस्थल सञ्चालन गर्ने जिएमआर समूह नै सबैभन्दा ठूलो विमानस्थल सञ्चालक हो । जिएमआरको ऊर्जा, जलस्रोत तथा अन्य खानीजन्य उद्योगमा समेत लगानी गरिरहेको छ ।

अडानी समूहले सो विमानस्थल सञ्चालनको जिम्मा लिएपछि जिविके एयरपोर्ट डेभलपर्सको पूरा ऋण समेत आफै तिर्ने भएको छ । सो ऋणलाई इक्विटीमा रुपान्तरण गर्ने तयारी गरिएको छ ।

अडानी एयरपोर्ट होल्डिङ लिमिटेडले बताएको छ एमआईएएललाई लिक्विडिटीको आवश्यकता परेको छ । त्यसको साथै अर्को एक विमानस्थल निर्माणका लागि समेत फण्ड उपलब्ध गराउने भएको छ ।

विदेशी कम्पनीलाई जिम्मा दिने तयारी भइरहेको बेला अडानी समूहले नै सो कामका लागि अग्रसर भएको बताइएको छ ।


पुष्प दुलाल