सेयर बजारमा अनलाइन कारोबार गर्ने बढे, प्रयोगकर्ता ६४ हजार ६१६ पुगे



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार अनलाइन प्रयोग गर्ने सेयर लगानीकर्ताको संख्या ६४ हजार ६१६ जना पुगेको छ ।

नेपालमा सेयर बजारमा १५ लाखभन्दा बढी लगानीकर्ता रहेको भनिए पनि क्रियाशिल लगानीकर्ताको संख्या २ लाख ८७ हजार ८५४ जना छन् । त्यसमा अनलाइन प्रयोग गर्ने लगानीकर्ताको संख्या ६४ हजार ६१६ जना मात्रै रहेका छन् ।

नेप्सेले अनलाइन ल्याएको लामो समयपछि यो सेवा लिने लगानीकर्ताको संख्या बढन थालेको हो । पहिला नेप्सेको अनलाइन सिस्टममा खराबी छ भन्दै विरोध भएको थियो ।

त्यो समयमा पनि नेप्सेले अनलाइनमा कुनै समस्या छैन भन्ने मौखिक दाबी गर्दै आएको थियो । तर अहिले विश्वब्यापी रुपमा बढेको कोरोनाको असर नेपालमा परेको छ ।

कोरोना संक्रमण गराउन भन्दै सरकारले ४ महिनाको लकडाउन हुँदै निषेधाज्ञामा समेत पुगेको छ । यो बीचमा अनलाइन लिनेको संख्या बढेको छ । ब्रोकर कार्यालय नखुल्ने तर सेयर बजार खुल्ने भएपछि कारोबार गर्नका लागि अनलाइन सेवा लिनेको संख्या बढेको नेप्सेको भनाइ छ ।

नेप्सेका अनुससार ५० वटा ब्रोकरमा सबैभन्दा बढी नाशा सेक्युरिटीजबाट ५ हजार २७६ जनाले अनलाइनको यूजर लिएका छन् । त्यस्तै सनि सेक्यूरिटीजबाट ४ हजार ९ सय ८८ जनाले युजर लिएका छन् ।

दिपशिखा धितोपत्र कारोबार कम्पनीबाट ४ हजार ८०५ जना लगानीकर्ताले अनलाइनको सेवा लिएको नेप्सेले जनाएको छ । यो अवधिमा सबैभन्दा कम सगरमाथा सेक्युरिटिजबाट जम्मा १६८ जनाले अनलाइनको सेवा लिएका छन् ।


क्लिकमान्डु