सेयर बजारमा सामान्य सुधार, १ अर्ब २३ करोडको कारोबार



काठमाडौं । कारोबारको सुरुमा केही समय सेयर बजारमा सुधार आएपनि केही समयमा नै बजारमा गिरावट सुरु भएको थियो ।

उतार चढावका बीच भएको कारोबारमा अन्तिम समयमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ५.६८ अंकले बढेर १४०७.८९ बिन्दुमा रोकिएको छ । १८९ कम्पनीको ४१ लाख १४ हजार ५१२ कित्ता सेयर १ अर्ब २३ करोड ९० लाख १७ हजार ४२्र६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ०.४७ अंकले घटेको छ भने निर्जीबन बीमा कम्पनी ५०.८६, टे«डिङ १०.५६, उत्पादन तथा प्रशोधन ४४.४, अन्य १३.४७, माइक्रोफाइनान्स १७.४२, जीवन बीमा समूहको उपसूचक ५४.०६ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । कोषको १६ करोड ६० लाख ८५ हजार ९५९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन् ।


क्लिकमान्डु