सूचिकृत संस्थाका कर्मचारीलाई ३ दिन भित्र कोरोना बीमा गराउन सेबोनको निर्देशन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले बोर्डबाट अनुमति पाएका सबै संस्थाका कर्मचारीको तीन दिन भित्र कोरोना बीमा गराउन निर्देशन दिएको छ ।

बोर्डले निर्देशन जारी गर्दै अनुमतिपत्र प्राप्त धितोपत्र बजार, क्रेडिट रेटिङ संस्था तथा सम्पूर्ण धितोपत्र व्यवसायीहरुलाई कर्मचारीलाई आर्थिक सुरक्षण प्रदान गर्न संस्था कै खर्चमा तीन दिन भित्र कोरोना बीमा गरेर त्यसको जानकारी बोर्डमा गराउन निर्देशन दिएको छ ।

यस्तै सरकारले तोकेको मापदण्ड बमोजिम कुनै कर्मचारी क्वारेन्टाइन वा आइसोलेसनमा बस्नु परेमा संस्थालाई जानकारी गराइन बिदामा बस्न सक्ने जनाएको छ । त्यसरी बस्नु परेमा कर्मचारीलाई त्यस अवधिको तलब कट्टा नगर्न समेत निर्देशन दिएको छ ।


क्लिकमान्डु