लुम्बिनी जनरल इन्स्याेरेन्सको नाफामा २१ प्रतिशत गिरावट
काठमाडौं । लुम्बिनी जनरल इन्स्याेरेन्सको गत वर्षको नाफामा २१.४३ प्रतिशतको गिरावट आएको छ ।
अघिल्लो वर्ष २५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा गत वर्ष २० करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
इन्स्योरेन्सले अघिल्लो वर्ष ६६ करोड ३७ लाख हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा गत वर्ष ५८ करोड ८३ लाख रुपैयाँमा झरेको छ । यस्तै पुनर्बीमा कमिशन आयमा पनि गिरावट आएको छ ।
अघिल्लो वर्ष २० करोड ५ लाख रुपैयाँ पुनर्बीमा कमिशन आय रहेकोमा गत आवको सोही अवधिमा १७ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
१ अर्ब १४ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा २४ करोड १२ लाख रुपैयाँ रहेको छ ।
बीमा कोषमा ६४ करोड ४५ लाख रुपैयाँ रहेको छ भने महाविपत्ती जगेडा कोषमा ६ करोड १ लाख रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ८३ पैसा रहेको छ ।